काठमाडौँ -नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार भने चाँदी तोलामा चार हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij