काठमाडौं – फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो।
हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ। पाराग्वेको जितमा माटियास गालार्जा नायक बने। उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो।
खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन।
यस जितसँगै समूह ‘डी’ मा रहेको पाराग्वेले शीर्ष तीन अंक बटुलेको छ। यसै समूहमा रहेको अमेरिकाले दुई खेलमा छ अंक जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ।
समान दुई–दुई खेल खेलेका अष्ट्रेलिया तीन अंक जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ भने समान तीन अङ्क नै बुटुलेको पाराग्वे तेस्रो स्थानमा छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij