२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

995
Shares

काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको हो

भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले नेपाल राष्ट्र बैंकमा ३ दशक लामो सेवा गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थावन संकायमा पिएचडी गरेका छन् । भट्टसँग पूँजीबजार, मौद्रिक नीति, वित्त र अर्थतन्त्रबारे गहिरो बुझाई र दख्खल रहेको छ ।

सेबोन अध्यक्ष छनौट सिफारिस समितिले बोर्ड अध्यक्ष पदका लागि डा. नवराज अधिकारी, मुकुन्द कुमार क्षेत्री, डा.गोपालप्रसाल भट्ट र विनयदेव आचार्यको नाम सर्टलिस्ट गरेको थियो । जसमध्ये डा.गोपाल प्रसाद भट्ट, मुकुन्द कुमार क्षेत्री र विनयदेव आचार्यको गरी तीनजनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरिएको थियो । तीन जनामध्येबाट सरकाररले डा.गोपाल प्रसाद भट्टलाई सेबोन अध्यक्ष नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij