२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसेस नेपाल इन्टरनेशनल २०१७ का प्रतिस्पधीहरुले देखाए आफ्नो प्रतिभा

मिसेस नेपाल इन्टरनेशनल २०१७ का प्रतिस्पधीहरुले देखाए आफ्नो प्रतिभा

1.7K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं /रिवन इन्टरटेनमेन्ट प्रालिले घरेलु हिंसाविरुद्धको अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको मिसेस नेपाल इन्टरनेशनल २०१७ अन्र्तगत ट्यालेन्ट शो गरेको छ। नयाँ वानेश्वरस्थित होटल अर्यालमा आयोजित ट्यालेण्ट शोमा मिसेस नेपाल इन्टरनेशनल २०१७ का प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहति विभिन्न कला प्रदर्शन गरेका थिए ।
विभिन्न पेशामा रहेका र गृहीणीको भूमिका निर्वाह गरिरहेका प्रतियोगिहरुल मिसेस ट्यालेण्ट उपाधिका लागि अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकलालगायतका आप्mना प्रतिभा प्रदर्शन गरेका थिए । मिसेस ट्यालेण्टको घोषणा भने आगामी असोज ३ गते राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने मिसेस नेपाल इन्टरनेशनल २०१७ को अन्तिम स्पर्धाका दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशु झाले जानकारी गराए । ट्यालेण्ट शोमा अभिनेता तथा फिल्म निर्देशक दिनेश शर्मा, अभिनेता, निर्माता तथा निर्देशक रोज राणा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, फिल्म निर्देशक राजु अधिकारी र मिसेस नेपाल इन्टरनेशनल २०१७ अनुपमा राई निर्णायक रहेका थिए ।
विभिन्न पेशमा आबद्ध तथा गृहीणीका रुपमा रहँदै आएका बिबाहित महिललाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन यो प्रतियोगिता गर्न लागिएको प्रतियोगिताको मुख्य विजेताले पुरस्कारस्वरुप स्कुटर पाउनुका साथै अमेरिका २०१८ मा हुने मिसेस इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने छिन् । प्रतियोगितामा मुख्य उपाधि र रनर्सअपका साथ बेस्ट पेर्सोनालिटी, मष्ट ट्यालेण्ट, मष्ट पपुलर, बेष्ट स्माईल, बेष्ट स्कीन, बेष्ट हेयर, फेसबुक च्वाईस, मष्ट क्रियटिभ, भ्युअर्स च्वाईस, व्युटी विथ पर्पस, मिसेस क्याटवक, सोसल वेलफेयर एम्बेसडर, वेष्ट फिजीक, मिसेस ट्यालेण्टलगायतका उप उपाधि पनि अन्तिम प्रतिस्पर्धाकै दिन प्रदान गरिने छ। प्रतियोगिताको अन्तिम स्पर्धामा सुरुची पाण्डे, अन्विशा शेर्पा, शोभा शाक्य, सस्मीना राउत, प्रतिमा महर्जन, सन्ध्या गौतम घिमीरे, सरु थापा, प्रिति घिमिरे, अजिता तामाङ श्रेष्ठ, दिलमाया गुरुङ, मिरा थापा भण्डारी, रिता सिंह रिमाल, गुञ्जना ढुंगाना, सृजना अधिकारी शाक्य, प्रज्ञा खत्री, संगीता श्रेष्ठ, हेमन्ती साउद विष्ट, ममता गुप्ता दारुका, रेणु श्रेष्ठ महर्जन, शर्मीला श्रेष्ठ, संगीता कार्की खड्का, सुन्दरा सुनार, ज्योती दाहाल पनेरु, सृजना महर्जन, जलता खनाल आचार्य, लक्ष्मी गुरुङ श्रेष्ठ, पुजा लामा कुँवर, आशा भण्डारी, यशोदा पोखरेल, इशा भट्टराई, सीता ओली, स्वस्तीका पौडेल चौधरी, सम्झना त्रिपाठी, लक्ष्मी तिम्लिसिना, उर्मीला श्रेष्ठ, प्रतिज्ञा राई, सृष्टिका गुरुङ, सुमीत्रा कट्टेल, सारिका मल्ल प्रधान र सरस्वती मगर शाक्य गरी ४० महिलाले स्पर्धा गर्दैछन् ।
श्रद्धा खरेल र सम्राट शाहको संयोजक्वत्वमा हुने प्रतियोगितामा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij