२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम बैंकले धितोपत्र बोर्डबाट पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम बैंकले धितोपत्र बोर्डबाट पायो ऋणपत्र निष्काशनको अनुमति

775
Shares

काठमाडौं – प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र जारी गर्न बोर्डबाट असार ३ गते अनुमति पाएको हो ।

बैंकले प्रतिकित्ता रु.१ हजार अंकित दरका कुल ३० लाख इकाई निष्कासन गर्नेछ । जसमा १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी १२ लाख कित्ता आम सर्वसाधारणमा जारी गरिनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको यो ऋणपत्रको ब्याजरदर ६.२५ प्रतिशत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij