२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

665
Shares

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १९ हजार २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो ।
संस्थापक सेयरधनीले आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।

संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। निर्धारित समयभित्र आवेदन नपरेमा संस्थापक सेयरधनीभन्दा बाहिरका सर्वसाधारणका लागि सेयर बिक्रीमा राखिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij