२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

645
Shares

काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति जेठ ३० गते गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ ।

उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समुह तर्पm एनआईसी एशिया बैंक लिमिटेडबाट मनोनित भई प्रतिनिधित्व गरेका लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्कर राज जोशी तथा सर्वसाधारण समुह तर्पm बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साथै, साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकबाट नव निर्वाचित सञ्चालक लक्ष्मण चालिसेज्यूलाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा चयन गरिएको छ । नव निर्वाचित सञ्चालकहरूले संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij