२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ४ अंकले घट्यो, ४ अर्ब ३२ करोडको कारोबार

नेप्से परिसूचक ४ अंकले घट्यो, ४ अर्ब ३२ करोडको कारोबार

980
Shares

काठमाडौं –  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अकंले घटेर २७२४.०३ बिन्दुमा कायम भएको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स ०.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।

आज ३४२ कम्पनीको ९८ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोडको कारोबार भएको हो । यसदिन ४ उपसूचकमा सुधार देखिएको छ भने ९ उपसूचक राताम्य देखिएको हो । आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको २४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij