२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

650
Shares

काठमाडौं – बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा बन्द भएको छ। आज ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ।

आज  ३५६ वटा धितोपत्रको ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच भएको हो।  बुधबार १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।

यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १५२ रूपैयाँ पुगेको छ।

यस्तै, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतका दरले बढेर प्रति कित्ता मूल्य क्रमशः ४०२ रूपैयाँ १० पैसा र ३४४ रूपैयाँ ६० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij