२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा सामान्य सुधार, ४ अर्ब २९ करोडको कारोबार

नेप्सेमा सामान्य सुधार, ४ अर्ब २९ करोडको कारोबार

710
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य अंक बढेर बन्द भएको छ। नेप्से परिसूचक  २.५७ अकंले बढेर २७२६.१७ बिन्दुमा कायम भएको छ ।  फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ।  आज ३५६ कम्पनीको ९२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ६ उपसूचक घटेका छन् भने ७ उपसूचकमा सुधार देखिएको हो । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । आज १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड माथिको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij