२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बसुन्धारास्थित सिद्धबाबा गार्मेन्टमा आगलागी हुँदा ८ करोड बराबरको क्षति

बसुन्धारास्थित सिद्धबाबा गार्मेन्टमा आगलागी हुँदा ८ करोड बराबरको क्षति

695
Shares

काठमाडौं– काठमाडौँ जिल्लाको टोखा नगरपालिका– ०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भई आगलागी भएको छ
। उक्त आगलागीबाट करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान अन्दाजी ०२ः ५२ बजे लागेको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा अन्य निकायको सहयोगमा करिब ५स्४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ । साथै लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको छ ।
घटनामा कुनै मानवीय क्षति भएको छैन भने थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij