२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि हिमालयन पावर पार्टनरको अवितरित हकप्रद सेयर बिक्रीमा

आजदेखि हिमालयन पावर पार्टनरको अवितरित हकप्रद सेयर बिक्रीमा

795
Shares

काठमाडौं – हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित हकप्रद सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु, विर्तामोड,विराटनगर, जनकपुर,विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल, बाग्लुङ,नेपालगञ्ज, ,सुर्खेत,दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार ४ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij