२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गृहमा सुधन गुरुङ, नवप्रवर्तनमा महावीर पुनले लिए शपथ

गृहमा सुधन गुरुङ, नवप्रवर्तनमा महावीर पुनले लिए शपथ

580
Shares

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् । गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए ।  उनी गोरखा १ बाट निर्वाचित सांसद हुन्।

महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij