२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यूएईको माइ ई–वालेटको सीईओमा नेपाली बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त

यूएईको माइ ई–वालेटको सीईओमा नेपाली बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त

640
Shares

काठमाडौं – नेपाली बैंकिङ क्षेत्रका अनुभवी बैंकर  ज्ञानेन्द्र प्रसाद ढुंगाना संयुक्त अरब इमिरेट्स (यूएई)स्थित फिनटेक कम्पनीमाइ ई -वालेटको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।

ढुंगाना यूएईको फिनटेक क्षेत्रमा सीईओ तहको नेतृत्व सम्हाल्ने पहिलो नेपाली बनेका छन्। उनको नियुक्तिसँगै नेपाली वित्तीय तथा बैंकिङ क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको बताइएको छ।

बैंकिङ क्षेत्रमा ३ दशकभन्दा अनुभव  भएका उनी नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका विभिन्न वाणिज्य बैंकहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए। बैंकिङ, डिजिटल वित्तीय सेवा तथा संस्थागत व्यवस्थापनमा उनको अनुभवलाई मध्यनजर गर्दै माइ ई- वालेटले उनलाई कम्पनीको नेतृत्व सुम्पिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij