काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा डिकबहादुर खत्री (कुमार) चयन भएका छन् । खत्रीले ३४७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत तथा हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका छन् ।
पदाधिकारीतर्फ प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, महासचिवमा हरि डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिन्जाली निर्वाचित भएका छन् । तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्य पदमा गीता राउत र दीक्षा दाहाल विजयी भएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij