काठमाडौं– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८ हजार २ सय रुपैयाँले र चाँदी तोलामा ३ सय ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार २३० रुपैयाँमा खरिदबिक्री भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij