२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

610
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३७ अकंले घटेर २७५५.४१ बिन्दुमा कायम भएको छ । स दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ। आज ३५१ कम्पनीको १ करोड २७ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ५२ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।  आज फाइनान्स समूहको २.७७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.२७ प्रतिशत र निर्जीवन बीमा समूहको ०.०६ प्रतिशतले शेयर मूल्य बढेको छ । शुक्रबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको १९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij