काठमाडौं – आज नेप्से परिसूचक १३.४६ अंकले घटेर २,७६६ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij