काठमाडौं – बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.४६ अंकले घट्दा २७६६.७८ को विन्दुमा कायम भएको छ। , यस दिन सेन्सेटिभ इण्डेक्स १.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ।
आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड माथिको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
आज एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको सबैभन्दा धेरै कारोबार भएको छ। यस दिन सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको हो । नेप्सेमा बिहीबार कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गर्दा एसबीएल डिबेन्चरका लगानीकर्ताले १०.४८ प्रतिशतले सेयरमूल्य गुमाए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij