काठमाडौंं -अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडको सेयर सर्वसाधारणलाई निष्कासन गरिने घोषणा गरेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्दै उनले यी संस्थामा सर्वसाधारणको सहभागिता बढाउन सेयर निष्कासनको प्रक्रिया अघि बढाइने बताएका हुन्।
हाल विशाल बजार कम्पनीको करिब १ प्रतिशत सेयर मात्रै सर्वसाधारणमा रहेको छ। कम्पनीको सेयर प्रतिकित्ता ४ हजार ८३६ रुपैयाँमा कारोबार भइरहेको छ।
अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका संस्थामा पारदर्शिता, लगानी विस्तार र जनसहभागिता बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij