काठमाडौं – निजी क्षेत्रले अन्तराष्ट्रिय बजारमा विद्युत व्यापार पाउने व्यवस्था हुने भएको छ। २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले यस्तो बताएका हुन्।
‘निजी क्षेत्रलाई अन्तराष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने छौँ,’ उनले भनेका छन्। प्रशारण लाइन बनाउने र बिलिङ चार्ज लिएर व्यापार गर्न सक्ने कानुनी ब्यवस्था मिलाउने उनले बताए।
लामो समयदेखि थाति रहेको विद्युत प्राधिरणको पुनर्संरचना गर्ने पनि उनले बताएका छन्। ‘प्राधिकरणलाई विद्युत उत्पादन, प्रशारण वितरण र विद्युत व्यापारका लागि तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्ने छौँ,’ उनले भने।
विद्युत खरिद सम्झौता भएका तर अहिलेसम्म निर्माण सुरू नभएका आयोजनाको अनुमति खारेज गर्ने पनि बजेटमा उल्लेख छ। ‘टेक अर पे विधिमा नयाँ पिपिए गर्ने छौँ,’ अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्दै भने, ‘१० मेगावाटभन्दा कमका आयोजनाको तत्काल पिपिए गर्नेछौँ।’
सुख्खा याममा मूल्य घटाघटमा विद्युत खरिद दर निर्धारण गरि खरिद सम्झौता गर्ने पनि बजेटमा बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij