२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विश्वविद्यालय र एयरबसबीच इन्टर्नसिप सहकार्य सम्झौता

त्रिभुवन विश्वविद्यालय र एयरबसबीच इन्टर्नसिप सहकार्य सम्झौता

590
Shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालय र विश्वप्रसिद्ध विमान निर्माता कम्पनी एयरबसबीच इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीलाई इन्टर्नसिप अवसर प्रदान गर्ने सहमति भएको छ। सम्झौता शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सम्पन्न भएको हो।

सहमतिपत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन वेस्टरमेयरले हस्ताक्षर गरेका छन्। सहकार्यको उद्देश्य विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउँदै अनुसन्धान र शैक्षिक सेमिनारमा समेत सहयोग पुर्‍याउनु रहेको बताइएको छ।

उपकुलपति बज्राचार्यले शिक्षालाई उद्योगसँग जोड्ने प्रयासले विद्यार्थीका लागि व्यावहारिक अवसर विस्तार गर्ने विश्वास व्यक्त गरे। एयरबसका अध्यक्ष वेस्टरमेयरले नेपाललाई युवा र गतिशील देशका रूपमा उल्लेख गर्दै यस्तो सहकार्यले विकासमा योगदान पुग्ने बताए।

नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले नागरिक उड्डयन क्षेत्रमा यो सहकार्यलाई महत्वपूर्ण कदमका रूपमा व्याख्या गरिन्। त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक मुकेश डंगोलले यसले पर्यटन र उड्डयन क्षेत्रको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सम्झौताअनुसार एयरोस्पेस इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई विशेष रूपमा इन्टर्नसिप तथा एयरबसतर्फबाट प्रोत्साहन कार्यक्रम उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij