२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

665
Shares

काठमाडौं – आज गणतन्त्र दिवस समारोह देशभर मनाइदैंछ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडाैंकाे सैनिक मंच टुंडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ

नेपाल सरकारले जेठ १५ गतेलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा विशेष समारोह आयोजना गरिन्छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपास, राष्ट्रिय धुन र विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्छन्।

संविधान सभाको २०६५ साल जेठ १५ गतेको बैठकले ५६० मत विरुद्ध मात्र ४ मत को भारी बहुमतले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्‍यो । यसरी २३८ वर्ष लामो शाहवंशीय राजतन्त्रको विधिवत् अन्त्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij