२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिडिसीको केन्द्रीय कार्यालयमा सिआइबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

डिडिसीको केन्द्रीय कार्यालयमा सिआइबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

785
Shares

काठमाडौँ –  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार दूग्ध विकास संस्थान (डिडिसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारे

को छ।  सीआईबीले सरकारी स्वामित्वको डीडीसीको लैनचौरस्थित केन्द्रीय कार्यालयबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार अनुसन्धानका लागि आवश्यक कागजातहरू लिएर टोली फर्किसकेको छ र अहिले विस्तृत अध्ययन भइरहेको छ।

डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा वितरण गर्दै आएको छ। हाल संस्थानले किसानलाई करिब चार महिनाको झण्डै ५८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइन्छ, जसमध्ये केही रकम भने भुक्तानी गरिएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij