२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते पेस हुने

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते पेस हुने

840
Shares

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४:०० बजे बस्ने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४:०० बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij