२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

देशभर सडक सञ्जाल १ लाख किलोमिटर नाघ्यो

देशभर सडक सञ्जाल १ लाख किलोमिटर नाघ्यो

640
Shares

काठमाडौँ – नेपालभर सडक पूर्वाधारको कुल लम्बाइ करिब १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। आर्थिक सर्वेक्षण २०८२-८३ ले देशको भौतिक पूर्वाधार विस्तार निरन्तर बढ्दै गएको देखाएको हो।

सर्वेक्षणअनुसार संघीय सरकारमार्फत निर्माण भएका कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ, जसले सडक पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको संकेत गर्छ।

सञ्चार तथा डिजिटल पहुँचमा वृद्धि
पूर्वाधारसँगै सूचना तथा सञ्चार क्षेत्रमा पनि पहुँच विस्तार भएको देखिएको छ। देशभर ८२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ।

त्यसैगरी मोबाइल टेलिफोन सेवाको घनत्व १०३.२ पुगेको तथ्यांकले अधिकांश जनसंख्या मोबाइल सेवाको पहुँचमा रहेको देखाएको छ।

खानेपानी पहुँचमा प्रगति
खानेपानी सेवामा पनि पहुँच विस्तार भए तापनि गुणस्तरीयतामा अझै चुनौती कायम रहेको देखिन्छ। आधारभूत खानेपानी सेवा ९७ प्रतिशत जनसंख्यामा पुगेको छ भने सुरक्षित खानेपानी पहुँच भने २९ प्रतिशतमा सीमित रहेको सर्वेक्षणले देखाएको छ।

समग्रमा पूर्वाधार र आधारभूत सेवामा पहुँच विस्तार भए पनि गुणस्तरीय र सुरक्षित सेवा उपलब्धतामा थप सुधार आवश्यक रहेको आर्थिक सर्वेक्षणको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij