काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेकी ममता शर्मालाई पार्टीले केन्द्रीय तहको जिम्मेवारी प्रदान गरेको छ।
नेपाली काँग्रेसका सभापति गगन थापाले शर्मालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन्। उक्त निर्णय मंगलबार गरिएको हो।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार शर्मालाई केन्द्रीय समिति सदस्यको जिम्मेवारी औपचारिक रूपमा प्रदान गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij