२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य समायोजन

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य समायोजन

590
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ९.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५ हजार ४२४ रुपैयाँ ५७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५ हजार ९३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij