२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

740
Shares

काठमाडौं -टेलि टक प्राली, रमेश कर्पअन्तर्गतको कम्पनीले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। उक्त सर्भिस सेन्टरमार्फत पोको ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।
सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकहरूलाई द्रुत, भरपर्दो र ग्राहक(मैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ, जसले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्नेछ।

नेपालमा स्मार्टफोन तथा प्रविधि उपकरणहरूको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा गुणस्तरीय बिक्रीपछिको सेवाको आवश्यकता पनि बढ्दो क्रममा रहेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै टेलि टक प्रालीले पोको प्रयोगकर्ताहरूका लागि सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

ग्राहकहरूले यहाँ डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, वारेन्टी सेवा, मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्। यस अवसरमा टेलि टकका एक्जिक्युटीभ डाइरेक्टर सञ्जय अग्रवालले ग्राहकलाई छिटो, पारदर्शी तथा विश्वसनीय सेवा प्रदान गर्नु कम्पनीको प्रमुख उद्देश्य रहेको बताए। साथै, नेपालमा पोको ब्रान्डको सेवा पहुँच विस्तार गर्दै ग्राहक सन्तुष्टि अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij