काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३८ अकंले बढेर २७५८.४९ बिन्दुमा कायम भएको छ । आज १६.३८ अंकले बढेर २७ सय ५८ दशमलव ४९ बिन्दुमा पुगेको छ। आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा सुधार आएको छ भने व्यापार समूह मात्रै घट्न पुगेको हो । आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबेभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij