२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेठ १४ गते सार्वजनिक बिदा

जेठ १४ गते सार्वजनिक बिदा

1K
Shares

काठमाडौं – सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इद उल अजाह) को अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने बताएको छ ।

उक्त दिन सरकारी कार्यालय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय संस्था र शेयर बजार पनि बन्द रहेनेछन् । जेठ १५ गते गणतन्त्र दिवस को सार्वजनिक बिदा रहेको र त्यसपछि शनिबार तथा आइतबार नियमित बिदा पर्ने भएकाले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij