२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली नियुक्त

पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली नियुक्त

675
Shares

काठमाडौं – पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई उक्त जिम्मेवारी दिएको हो ।

थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन् । सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी टिमका सदस्य थिए । उनी पठाओ ग्रुपका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

पठाओ नेपालले थकालीको नेतृत्वमा आगामी पाँच वर्षभित्र नेपालको डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य लिएको छ । यसका लागि पठाओले पार्सलमार्फत देशभर पूर्वाधार विस्तार गर्दै पार्सल डेलिभरी, फुड डेलिभरी, इ–कमर्स, मोबिलिटी तथा अन्य डिजिटल सेवाहरुलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने तयारी गरिरहेको छ जनाएको छ ।

सुरुमा कम्पनीको फाइनान्स विभागमा काम गरेका थकालीले पछि कम्पनी व्यवस्थापन र सञ्चालनको पनि जिम्मेवारी निर्वाह गरेका थिए ।

नेपालमा राइड सेवासहित सुरु भएको पठाओ नेपाललाई पछिल्लो समय फुड डेलिभरी, पार्सल डेलिभरी जस्ता अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा सफल बनाउन थकालीको भूमिका महत्लपूर्ण छ । जसले गर्दा प्रतिस्पर्धात्मक बजारमा पठाओ नेपाल सजिलै उभिन सकेको छ ।

पछिल्लो दुई वर्षमा थकालीको नेतृत्वमा बंगलादेशमा पनि पठाओले राम्रो बजार बनाइरहेको छ । त्यहाँ पठाओ बाइक, कार र आटोरिक्साको सेवा तीन गुणासम्म वृद्धि भएको छ ।

पेशाले चार्टड एकाउण्टेण्ट (सीए) रहेका थकालीसँग भारतको बैंग्लोरस्थित सीए फर्ममा काम गरेको अनुभव छ । उनले सीजी ग्रुपमा एसेट्स म्यानेजरको रुपमा सात वटा देशमा रहेका सीजीका ४२ वटा प्रोपटिज सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij