२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दशैँको साइत सार्वजनिक

दशैँको साइत सार्वजनिक

1.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौँं/ यस वर्षको बडादशैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । असोज ५ गते आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । घटस्थापना गर्न शुभ साइत बिहान ९ बजेर ४१ मिनेटमा रहेको छ ।
असोज ९ गते पचली भैरव यात्रा परेको छ भने ११ गते दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । १२ गते महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । १३ गते महानवमी, १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij