काठमाडौं– विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले पदबाट राजीनामा दिएका छन्। संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले लम्सालले वैशाख २८ गते पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो।
साथै, सञ्चालक समितिको सोही बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाको दैनिक कार्य सञ्चालन गर्न वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम (कामु)प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij