२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भुजुङ्ग हाइड्रोपावरको घाटा बढ्यो

भुजुङ्ग हाइड्रोपावरको घाटा बढ्यो

985
Shares

काठमाडौं-भुजुङ्ग हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ४४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद घाटा ५३ लाख १६ हजार रुपैयाँमा सीमित थियो ।
यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनी विद्युत बिक्रीबाट १२ करोड ४० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्री गरेर ९ करोड ५० लाख आर्जन गरेको थियो ।

कम्पनीको प्रशासनिक खर्च ४३ लाख ९८ हजारबाट बढेर ५८ लाख ९९ हजार, मर्मत खर्च ४४ लाख ६ हजारबाट बढेर ८८ लाख २३ हजार, वित्त खर्च ४ करोड ६८ लाखबाट बढेर ६ करोड ६३ लाख र ह्रासकट्टी खर्च ३ करोड ११ लाखबाट बढेर ४ करोड ६७ लाख पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८८.८२ रुपैयाँ, आरओए १.७८ रुपैयाँ ऋणात्मक र पीई रेसियो ३८१ गुणा ऋणात्मक रहेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँबराबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij