
अर्थ नेपाल संवाददाता
काठमाडौं – ‘लिटिल स्टार २०१७’को उपाधि तनुस ढकाल र पलिष्ठा महर्जनले चुम्न सफल भए । इम्पेरियल वर्ड स्कुलमा अध्यायनरत तनुसले बालक र पलिष्ठाले बालिका तर्फको उपाधि जितेका हुन् ।
मंगलबार अबेरसाँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा तनुसले १० र पलिष्ठाले २८ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका हुन् । कार्यक्रममा पलिष्ठाले मोष्टट्यालेन्ट र मोष्टपपुलरको उपाधि समेत हात पर्दा तनुसले फोटोजेनिक उपाधिमा चित्त बुझाए । दुबै बिजेताले बिभिन्न उपहारका साथमा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे ।
प्रतियोगीतामा पारम्ब श्रृखडा र प्रख्या शर्मा फष्टरनर अफ चुँनिदा र आरोही लामिछाने र दर्शना कोइराला सेकेण्डरनरअफ घोषित भए ।
उमेश खड्का (सिनियर कलाकार –नेगेटिभ रोल नेपाली चलचित्र), मन्जु बंजारा ढकाल (फेसन डिजाइनर तथा मिस हेरिटेज नेपाल इन्टरनेशनल २०१६), श्रीमती मुना श्रेष्ठ (निर्देशक आन), श्रीमती रोयन महर्जन (एमडी नेपाल डान्स एकेडमी) राजु महर्जन (गायक) लगायत निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफर अनिला श्रेष्ठ रहेकी थिइन् ।
प्रतियोगीतामा तनुस ढकाल र प्राप्ती पाखेरेल फोटोजेनिक, प्रसिद्धी अधिकारी बेष्टस्माइल,मनमे अग्रवाल र मान्यता भण्डारी चामिङ पर्सनालिटी, पारम्ब श्रृखडा र दिपासना रेग्मी बेष्टपफमेन्स, बेष्ट ड्रेसमा स्वरुल सुनुवार, आरोही लामिछान मोष्टक्युट, प्राची चित्रकार मोष्ट ट्यालेन्ट, देव ज्ञवली मोष्टडिसिप्लेनमा, श्रद्धा महर्जन फ्रेण्डी, ओजोश्रीचन्द इनोसेन्टमा, अनुसा लुइटेल बेष्टहेयरमा, सायसा ढकाल बेष्टवाक उपाधि प्राप्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij