२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ४.१५ अंकले घट्यो, २ अर्ब ८० करोडको कारोबार

नेप्से ४.१५ अंकले घट्यो, २ अर्ब ८० करोडको कारोबार

560
Shares

काठमाडौं – साता कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा कायम भएको छ।  आज दिनभरिमा ३३९ कम्पनीको ५६ करोड ४३ लाख २८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड माथिको शेयर कारोबार भएको छ ।

आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से घटेको कारण आज ११ उपसूचक राताम्मे भएका छन् भने टे«डिङ र उत्पादन तथा प्रशोधन उपसूचक ०.४७ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचक ०.६१ प्रतिशतले घट्न पुगेको छ।

आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij