काठमाडौं – सागर डिस्टिलरी लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ।कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले २ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।
कम्पनीले तेस्रो त्रैमाससम्म ८ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ४०.८८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी ६ करोड १ लाख रुपैयाँ थियो ।
सो अवधिसम्म कम्पनीको इपीएस ६.४९ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७.०८ रुपैयाँ र करेन्ट रेसियो १.७१ गुणा रहेको छ ।
सो अवधिसम्म कम्पनीको आम्दानी बढेपनि बिक्री तथा वितरित खर्च बढेपछि घाटा चुलिदै गएको हो । कम्पनीको यस्तो खर्च सो अवधिसम्म ७८.२१ प्रतिशतले बढेर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij