२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विकास हाइड्रोपावरको नाफा ७ करोड १० लाख

विकास हाइड्रोपावरको नाफा ७ करोड १० लाख

855
Shares

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। विद्युत बिक्रीबाट हुने आम्दानीमा वृद्धि भएसँगै कम्पनीको नाफामा ठूलो उछाल देखिएको हो।

समीक्षा अवधिसम्म कम्पनीले १३ करोड ८१ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ९ करोड १४ लाख रुपैयाँको तुलनामा उल्लेख्य रूपमा बढी हो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि तीव्र गतिमा बढेको छ। कम्पनीले ७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ९८ लाख ४५ हजार रुपैयाँको तुलनामा ६२१.९८ प्रतिशतले बढी हो।

कम्पनीको सञ्चित नाफा (रिजर्भ) पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्ष ऋणात्मक अवस्थामा रहेको रिजर्भ यस वर्ष बढेर ८ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.६४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ७१.२४ गुणा र तरलता अनुपात ५.१० प्रतिशत रहेको छ।

खर्चतर्फ हेर्दा वित्त खर्चमा गिरावट आएको छ। अघिल्लो वर्ष ३ करोड ८३ लाख रुपैयाँ रहेको यस्तो खर्च घटेर १ करोड ७६ लाख रुपैयाँमा झरेको छ। साथै, कर्मचारी सुविधा खर्च ७५ लाख ६४ हजार रुपैयाँ, प्रशासनिक खर्च ३९ लाख ९२ हजार रुपैयाँ र ह्रासकट्टी खर्च २ करोड ६६ लाख रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij