२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मूल्य वृद्धिदर चैतमा ४.४७ प्रतिशतले बढ्यो

मूल्य वृद्धिदर चैतमा ४.४७ प्रतिशतले बढ्यो

945
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा चैत एक महिनामा वार्षिक औसत मूल्य वृद्धि ४.४७ प्रतिशत छ। गत चैतमा यस्तो वृद्धिदर ३.३९ प्रतिशत थियो।

चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिना (साउनदेखि चैतसम्म) को औसत मूल्य वृद्धि दर २.३९ प्रतिशत छ। गत आर्थिक वर्ष २०८१-८२ को यो अवधिसम्मको औसत मूल्य वृद्धि ४.५७ प्रतिशत थियो।

चालु आर्थिक वर्षमा मूल्य वृद्धि औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ। यो नौ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा घ्यु तेलमा सबैभन्दा धेरै १२.८७ प्रतिशत, फलफूलमा ११.६७ प्रतिशत, तरकारी मा ९.१८ प्रतिशतले वृद्धि भएको छ।

तर, दाल तथा गेडागुडीको २.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १.६८ प्रतिशत र मरमसला १.६४ प्रतिशतले मूल्य घटेको छ। गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा १९.९४ प्रतिशत, यातायात १२.३ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिरा तथा पेय पदार्थको ४.७७ प्रतिशत र कपडाजन्य तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij