काठमाडौँ -संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ सबजु गण (शान्ति सेना) को अदलीबदली भएको छ ।
शान्ति सेना ६६ औँ डफ्फालाई बदली गर्न विष्णुदल गण ६७ औँ डफ्फाका ९१ जना नेपाली शान्ति सैनिकको तेस्रो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी प्रेस नोटमा जनाइएको छ ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका ९१ जना नेपाली शान्ति सैनिक यही वैशाख २५ गते स्वदेश फिर्ता भएका थिए । उक्त मिसनमा ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij