
अर्थ नेपाल संवाददाता
काठमाडौं /चाडपर्वलाई लक्षित गर्दै सर्वोत्तम सिमेन्टले ग्राहकहरुका लागि ‘५० मा झकास’ नामको योजना ल्याएको छ। ग्राहकले हरेक ५० बोरा सर्वोत्तम ओपिसी र पिपिसी सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्नेछन्।
नेपालको मध्यभाग नवलपरासीमा यस उद्योग रहेको छ। पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ।
५० दिनमा ५० तोला सुन, ५० थान कोन्का एलइडी टिभी, ५० हजार थान घडीहरुको साथै ५० हजारसम्मको नगद उपहारहरु ग्राहकलाई दिइने उद्योगले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij