काठमाडौं -सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा नभत्काउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।
कानुनका विद्यार्थी माजिद अन्सारीले नेपाल राज्यभर कतै पनि सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गरेका थिए।
सर्वोच्च अदालतका प्रवक्ता एवं अर्जुनप्रसाद कोइरालाले अब कतै भत्काउने काम भए रोक्न भनिएको बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij