काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ११ वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरू गरेको छ। समितिले बिहीबार समस्याग्रस्त घोषित ११ वटा सहकारीका ११० जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ।
कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट, शिव शिखर बहुउद्देश्यीय सहकारी, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र लालीगुराँस बहुद्देश्यीय सहकारीका ठूला ऋणी रहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij