२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन इन्भेष्टमेन्ट बैंकरको सञ्चालक परिवर्तन

हिमालयन इन्भेष्टमेन्ट बैंकरको सञ्चालक परिवर्तन

670
Shares

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको सञ्चालक समितिमा परिवर्तन गरिएको छ। संस्थापक कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समिति अध्यक्ष कपिल कुमार दाहाल तथा सञ्चालक राजन प्रसाद अधिकारीलाई फिर्ता बोलाइएको कम्पनीले जनाएको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते बसेको सञ्चालक समितिको ६७औँ बैठकले उक्त निर्णय गरेको हो। साथै, कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट विवेक कुमार शाहलाई हिमालयन इन्भेष्टमेन्ट बैंकरको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नयाँ सञ्चालक नियुक्त गरिएको जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij