२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

925
Shares

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् । कम्पनीले वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकमार्फत खड्कालाई सोही मितिदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार, नवनियुक्त सीईओ खड्काको कार्यकाल चार वर्षको हुनेछ ।

उनी वित्तीय तथा बैंकिङ क्षेत्रमा अनुभवसहित संस्थाको नेतृत्व सम्हाल्न आएका हुन् । सञ्चालक समितिले संस्थाको सेवा विस्तार, वित्तीय सुदृढीकरण र रणनीतिक विकासलाई थप प्रभावकारी बनाउन नेतृत्व परिवर्तन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij