
अर्थ नेपाल संवाददाता
काठमाडौं /गायक केबी पुनको स्वर रहेको कति मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राजकुमार बगरको शब्द र संगीत छ ।
लोकप्रिय एंव चर्चित मोडल सनम कठायत र पछिल्लो समय म्युजिक भिडियोमा जम्दै गरेकी मोडल सृष्टि खड्काको अभिनय रहेको यस भिडियोमा दुई प्रेमिको मायालाई देखाइएको छ ।
जनक सिंहको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालको छायांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन छ । गीतलाई एभरेष्ट ग्यालरीले बजारमा ल्याएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij