२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा सपोर्ट लघुवित्तको बोनस शेयर सूचीकृत

नेप्सेमा सपोर्ट लघुवित्तको बोनस शेयर सूचीकृत

815
Shares

काठमाडौँ – सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता पुँजीको ९.५० प्रतिशतले हुन आउने १ लाख १६ हजार ३२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।

कम्पनीले गत पुस ३० गते सम्पन्न ११ औंँ वार्षिक साधारण सभाबाट पारित सो बोनस शेयर आज धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नसक्ने गरी बुधबार सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij