२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

475
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले वैशाख १७ गतेको पत्र मार्फत बैंकलाई हाल कायम चुक्ता पुँजी ५० प्रतिशत हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसंगै बैंकलाई हकप्रद निष्काशनको लागि बाटो खुलेको छ।

अब बैंकले जेठ १८ गते बोलाएको साधारणसभाबाट हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने छ । त्यसपछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले हकप्रद निष्काशन गर्ने छ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। बैंकले २:१ को अनुपातमा ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाखको हकप्रद निष्काशनको प्रस्ताव गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij