२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंक एनपीएस–एनसीएस तथा नेपाल पे कार्डमा आबद्ध

राष्ट्रिय वाणिज्य बैंक एनपीएस–एनसीएस तथा नेपाल पे कार्डमा आबद्ध

835
Shares

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरका लागि सम्झौता भएको छ ।

एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात्, एनपीएस–एनसीएसमा बैंकको स्वीच इन्टिग्रेसन सम्पन्न भइसकेपछि आफ्नो ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न तथा नेपाल पेको कारोबार एक्सेप्ट गर्न सक्नेछ ।

हालसम्म एनपीएस–एनसीएसमा अन्य ३४ वटा बैंक वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध भइसकेका छन्, जसमध्ये ५ वटा बैंक वित्तीय संस्थाहरूले लाइभ अपरेसन सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij